मिरज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै

cp new add
Nisharg hospital
suchana

काठमाडौं । जेनजी अगुवा मिरज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ ।

ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ ।
पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले त्यसविरुद्ध ज्ञापनपत्र बुझाउन जान लागिएको ढुंगानाले बताएका छन् ।

‘हामी तीन बजे जाँदै छौँ । सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले,’ ढुंगानाले भने, ‘यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौं ।’

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विषय बाहिरिएपछि जेनजी अगुवाहरूले ध्यानाकर्षण गराउन थालेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...