कञ्चनपुरमा खाेलामा अर्धनग्न अवस्थामा भेटियाे युवतीकाे शव

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा खाेलामा अर्धनग्न अवस्थामा युवतीकाे शव फेला परेको छ ।

भिमदत्त नगरपालिका-१० काे तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले वेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताए ।

उनकाअनुसार शव षड्न लागेकाे अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ । अस्पतालकाे शव गृहमा राखिएको शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...