
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कि समानुपातिक सांसदकी उम्मेदवार हेलेन श्रेष्ठले राजसंस्था र हिन्दु राष्ट्र निर्माणका लागि राप्रपालाई मतदान गर्न आग्रह गरेकी छन् ।
श्रेष्ठले हिन्दु राष्ट्र र राजसंस्थाले मात्र मुलुकलाई अहिलेकाे अवस्थाबाट निकास दिन सक्ने भन्दै उनले पार्टीका उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेकी हुन् ।
सुदूरपश्चिमबाट समानुपातिक उम्मेदवार रहेकी उनले आफूलाई समेत मतदान गर्न अनुराेध गरेकी छन् ।
यस्तै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठनका अध्यक्ष दिनेश बम ठकुरीले पनि पार्टीका उम्मेदवारलाई जिताउनु अहिलेकाे आवश्यकता भएकाे बताएका छन् ।
बमले श्रेष्ठसहितका समानुपातिक तथा प्रत्यक्ष उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका छन् । उनले राप्रपा नै राष्ट्रकाे रक्षा गर्ने पार्टी भएको बताए ।

