press
po

इनिसा प्रकरणः २७ दिनपछि शव बुझेर आज अन्त्येष्टि गरिने

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।

sanjiwan
Nisharg

इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।अदालतको आदेशपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन् ।

HAMRO DAIRY
Nav

गुर्भाकोट ६ बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा वीरेन्द्रनगर १ मा बस्दै आएकी थिइन् । वीरेन्द्रनगरकै उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी गत फागुन २३ गते बिहान टिउसन पढ्न जाने भन्दै घरबाट निक्लिएकी थिइन् ।

सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकै जङ्गलमा अचेत अवस्थामा फेला परेकी थिइन् । लगतै प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्‍याय पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही घटनामा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा दिएको थियो । प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।

इनिसा घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै देशैभर विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...