बिष्ट कल्याणकारी समाज कैलालीको दाेस्रो साधारण सभा : भित्तेपात्राे विमाेचन-ज्येष्ठ नागरिकदेखि दातासम्मलाई विशेष सम्मान



धनगढी । बिष्ट कल्याणकारी समाज कैलालीको दाेस्रो साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष मदन सिंह बिष्टकाे अध्यक्षतामा धनगढीकाे त्रिभुवन माध्यमिक विद्यालयमा आयाेजित साधारण सभा उद्घाटन समाराेहका प्रमुख अतिथि प्रदेश सभाकाे विद्यायन तथा मामिला समितिका सभापति दिवानसिंह विष्ट थिए ।

साधारण सभामा बिष्ट कल्याणकारी समाजका प्रकाशन गरेकाे नयाँ २०८३ काे भित्तेपात्राे विमाेचन गरिएको छ । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिसहितले भित्तेपात्राे विमाेचन गरेका हुन् ।
संस्थाका सचिव पदम विष्टले कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, तीन जना ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको छ ।
सम्मान पाउनेमा बैतडीको पाटन नगरपालिका-४ काे ढकाली निवासी ८९ वर्षीया आनन्द सिंह विष्ट, ८२ वर्षीय मानसिंह बिष्ट
र ८१ वर्षीय शेरसिंह विष्ट रहेकाे कल्याणकारी समाजले जनाएको छ ।
समाजले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा आर्थिक सहयोग गर्ने कार्यसमिति तथा अन्य विभिन्न व्यक्ति समेत गरेर ७ जनालाई सम्मान गरिएको छ ।
यस्तै, भित्तेपात्राे प्रकाशन सहयाेग गर्ने थप १५ जनालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
समाजकाे आजीवन सदस्यता लिएका ४५ जनालाई प्रमाणपत्र पनि वितरण गरिएको छ । समाजका अध्यक्ष मदनसिंह बिष्टले संस्थाकाे साधारणलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा साथ, सहयाेग पाउनेमा विश्वस्त रहेकाे बताए ।
