वीरगन्जमा बिदामा आएका प्रहरी जवानको हत्या, चार जना पक्राउ

cp new add
Nisharg hospital
suchana

पर्साको वीरगन्जमा बिदामा घर आएका एक प्रहरी जवानको हत्या भएको छ। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय प्रहरी जवान विकास चौरसिया रहेका छन्। उनी पर्साको कालिकामाई गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाको घरमा चौरसिया गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार हुँदा अत्यधिक रक्तश्राव भएको थियो।गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार चौरसिया १० दिनको बिदामा घर आएका थिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सन्तोष साह, सोनी साह, विशाल साह र भारतीय नागरिक कन्हैया कुमार लाई पक्राउ गरेको छ। घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। यस घटनापछि वीरगन्ज–मुर्ली क्षेत्रमा त्रास फैलिएको स्थानीयले बताएका छन्। प्रहरीले घटनास्थल वरपरको अवस्था, मृतकको त्यहाँ पुग्नुको कारण तथा आक्रमणको उद्देश्यबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...