वैदेशिक रोजगारीको नाममा लाखौं ठगी, ४ जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका–३२ बस्ने ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५३ वर्षीय राम तुला मिया तथा ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने ५५ वर्षीया सुनिता खत्री रहेका छन्।

प्रहरीका अनुसार मिथिलेशले कुवेत पठाइदिने भन्दै एक पीडितबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। त्यस्तै केदार बहादुरले पोर्चुगल पठाइदिने भन्दै १ लाख २५ हजार रुपैयाँ लिएका थिए। राम तुला मिया र सुनिता खत्रीले अल्बानिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ असुली गरेर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। केदार बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुरको मध्यपुर थिमी–१ बाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...