कैलाली बहुमुखी क्याम्पसमा “अपराधी भए कारागार लैजा, क्याम्पस भित्र नआईजा”भन्दै विरोध

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी।विद्यार्थी संगठनहरूले सरकारद्वारा विद्यार्थी राजनीति र नेतृत्वलाई अपराधीकरण गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठन, कैलाली बहुमुखी क्याम्पसले संयुक्त रूपमा सांकेतिक विरोध गर्दै सरकार र प्रहरी प्रशासनको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन्।

“अपराधी भए कारागार लैजा, क्याम्पस भित्र नआईजा” भन्ने नारासहित आयोजित खबरदारी कार्यक्रममा सहभागी विद्यार्थीहरूले शैक्षिक संस्था प्राज्ञिक थलो भएको उल्लेख गर्दै यहाँ अपराध होइन, अध्यापन, सिकाइ र वैचारिक बहसको वातावरण हुनुपर्नेमा जोड दिएका थिए।

tourism

क्याम्पसका स्ववियु सभापति सन्तोष पन्तले सरकारले विद्यार्थीको आवाज दबाउने प्रयास गरेको आरोप लगाउँदै भने, “विद्यार्थी राजनीति लोकतन्त्रको अभ्यास हो। यसलाई अपराधका रूपमा चित्रण गर्नु गलत हो। क्याम्पसलाई नियन्त्रण गर्ने होइन, सशक्त बनाउने नीति आवश्यक छ।”

उनीहरूले विद्यार्थी संगठनहरू नेपालको संविधानले प्रत्याभूत गरेको संघ–संस्था खोल्ने स्वतन्त्रता अन्तर्गत पूर्ण रूपमा वैधानिक र लोकतान्त्रिक अभ्यासको हिस्सा भएको स्पष्ट पारे। सरकारको एकल निर्णयका आधारमा विद्यार्थी राजनीति कमजोर बनाउने प्रयास स्वीकार्य नहुने उनीहरूको भनाइ छ।

विद्यार्थी नेताहरूले विद्यार्थी संस्थाहरूलाई मर्यादित र विद्यार्थीमैत्री बनाउन नियन्त्रणभन्दा संवाद र सहकार्य आवश्यक रहेको बताए। “नियन्त्रणले अविश्वास जन्माउँछ, सहकार्यले सुधार सुनिश्चित गर्छ,” उनीहरूको साझा धारणा थियो।

त्यस्तै, विद्यार्थी संगठनहरूले बनाइने कानुन विचार नियन्त्रणका लागि नभई विकृति नियन्त्रणका लागि हुनुपर्ने माग गरेका छन्। उनीहरूले संस्थाहरूको खारेजी होइन, सुधार र रूपान्तरणतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...