कैलालीमा प्रहरीको ‘स्वीप अपरेशन ’ : ३ दिनमा १६९ जना नियन्त्रणमा, ४५ जना पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कैलालीमा प्रहरीले स्वीप अपरेशन चलाएर तीन दिनमा एक सय ६९ जनालाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय र मातहतले समेत गरेर बुधबारदेखि शुक्रबारसम्म विभिन्न कसुरमा संलग्न १६९ जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जिल्लाभर सञ्चालन गरिएको उक्त अपरेशनअन्तर्गत विभिन्न कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

tourism

उनका अनुसार अपरेशनमा ३९ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिइएको थियो भने २३ जना लागूऔषधसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, नाइट्रोजेपाम १७७ ट्याब्लेट, ट्रामाडोल २०० पिस र १७ ग्राम गाँजा बरामद गरिएको डीएसपी तिमिल्सिनाले बताए ।

यस्तै, अदालतबाट सजाय तोकिएर फरार रहेका १० जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ भने चोरीमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु मध्ये लागूऔषधसहित पक्राउ परेका २३ जनालाई मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

१० जना प्रतिवादी र चार जना चोरीमा संलग्न व्यक्तिहरुलाई पनि कानुनअनुसार गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका मध्ये ९३ जनालाई सम्झाइबुझाई गरेर छाडिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...