प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिँदै

cp new add
Nisharg hospital
suchana

सरकारले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाह ले नदिने भएका छन्। अब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संसदमा जवाफ दिनेछन्।

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले नै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो। तर, अन्तिम समयमा कार्यतालिका परिवर्तन भएपछि अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट धारणा राख्ने भएका हुन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले गत वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

संसद सचिवालयका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफललाई निष्कर्षमा पुर्‍याइनेछ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सरकारका तर्फबाट अर्थमन्त्री वाग्लेले दिनेछन्। त्यसपछि सांसदहरूबाट दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरी नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी गरिएको छ।

यसअघि हिजो बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...