प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेको छ ।

प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङ गर्न आग्रह गरेका हुन् ।

राईले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री लगातार अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाए । उनले यसअघि पनि प्रधानमन्त्रीको उपस्थिति माग गरिएको स्मरण गराउँदै आज प्रश्नको जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्री सदनमा नदेखिएको बताए ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमार्फत नागरिकलाई जानकारी गराउनसमेत माग गरेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...