अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश

cp new add
Nisharg hospital
suchana

काठमाडौं । जिल्ला अदालत काठमाडौं अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीमाथिको आरोप, त्यसविरुद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनपर्ने भन्दै यस्तो आदेश गरेका हुन् ।

उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप थियो । उनलाई प्रहरीले फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याएको थियो ।

इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई फिलिपिन्सबाट ल्याइएको थियो । उनीसहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई पाठकले धम्की दिएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...