स्तरीय शिक्षाका लागि नीतिगत सुधारमा जाेड

cp new add
Nisharg hospital
suchana

धनगढी ।सुदूरपश्चिम प्रदेशसहित देशभरीका सार्वजनिक शिक्षामा सुधार ल्याउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाहरुको भनाई रहेको छ ।

शिक्षा विकास तथा अनुगमन समुहको आयोजना र लु–निभा बाल सरोकार समुहको सहकार्यमा धनगढीमा आयोजित सार्वजनिक शिक्षा सुदृढीकरण समावेशी नीति, कार्यक्रम तथा बजेट विषयक अन्तर संवादमा सहभागिहरुले शिक्षा नीतिमा सुधार नभएसम्म सार्वजनिक शिक्षामा सुधार सम्भव नरहेको बताएका हुन ।

सुदूरपश्चिमको शैक्षिक तथ्यां, बजेट, नीति तथा कार्यक्रमबारे प्रस्तुतिकरण गर्दै सामाजिक विकास मन्त्रालयका उपसचिव जयदेव महराले सरकारको कुल बजेटमध्ये २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने व्यवस्था भएपनि हुन नसकेको बताए ।

प्रदेश सरकारले ३३ अर्व ४७ करोडको बजेट ल्याउँदा शिक्षा क्षेत्रमा दुई र्व ९५ करोड विनियोजन गरेको उनको भनाई थियो । जुन कुल बजेटको शिक्षातर्फ ९ प्रतिशत हो । उनले शिक्षामा लगानी घटनु, धेरै विद्यार्थीहरु विद्यालय बाहिर रहनु तथा विद्यालय छोडने दरमा कमी ल्याउन नसक्नु लगायतका कारण शिक्षा क्षेत्रमा चुनौति थपिइरहेको बताए ।

उनले भने‘विद्यार्थीहरु किन भर्ना अभियानमा सहभागि हुँदैन । किन बिचमै विद्यालय छोडछन लगायतका बारेमा कारण खोज्ने जिम्मेवारी सबै तहको हो ।’

गैरसरकारी संस्थाका उपमहासचिव किरण थापाले तीन तहकै सरकारबिच समन्वय र सहकार्य गरेर अघि बढे शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव रहेको बताए । उनले शिक्षकको व्यवहारमा परिवर्तन र शिक्षालाई व्यवहारिक बनाउनु जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकी सचिव इन्दु केसीले शिक्षा नीतिमा सुधार गरेर अघि बढन आवश्यक रहेको बताइन ।

बाल सरोकार समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे डङगोलले जानकारी गराएका थिए ।

लु नेभाका कार्यक्रम संयोजक कृष्ण महर्जनले सञ्चालन गरेको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, बाल सञ्जाल प्रतिनिधि, शिक्षक तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...