

धनगढी । बझाङमा प्रहरीले चरेससहित युवतीलाई पक्राउ गरेकाे छ ।
जयपृथ्वी नगरपालिका–१० बसपार्क क्षेत्रमा रहेको किराना पसलबाट चरेससहित २५ वर्षीया साधना बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ ५ बजेतिर बोहरालाई किराना पसलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जाेराले जानकारी दिए ।
पसलमा खानतलासी गर्दा चरेस बरामद गरिएकाे थियाे । उनकाअनुसार कागजसहित बाेहराकाे साथबाट ३१४ ग्राम ८४० मिलिग्राम चरेस बरामद गरिएकाे छ।
लागूऔषधसहित पक्राउ परेकी बोहरालाई मेडिकल परीक्षणपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

