कैलालीमा तालिरत सशस्त्र बेहाेस् : ६ जनाकाे काठमाडौं र एककाे धनगढीमा उपचार जारी, अर्का डिस्चार्ज

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीको टीकापुरमा दाैडिने बेला बेहाेस् भएर ढलेका ६ जना तालिमरत सशस्त्र प्रहरी जवानकाे काठमाडौंमा उपचार भइरहेको छ ।

राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमरत उनीहरू शुक्रबार बिहान दाैडिने क्रममा अचानक बेहाेस् भएका थिए । त्यसपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत र त्यहाँबाट स्काई ट्रक मार्फत काठमाडौ लगिएकाे थियोे ।

आठ जना मध्ये ६ जनाकाे काठमाडौंमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगीले बताए  ।

उनकाअनुसार एक जनाकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचार जारी छ भने सामान्य अवस्था एक जना टीकापुरकै स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

गम्भीरता अवस्थाका ६ जनाकाे काठमाडौंस्थित सशस्त्र प्रहरीकाे बलम्बुमा उपचार भइरहेको छ ।

बेहाेस् भएपछि टीकापुर अस्पताल लगिएका उनीहरूलाई भेन्टिलेटरमा राख्नुपर्ने भएपछि तत्काल काठमाडौं रेफर गरिएको थियाे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...