प्रतिनिधिसभा निर्वाचन बहिस्कारको प्रचार गर्ने दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana

१७ कात्तिक, धनगढी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कारको प्रचार प्रसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र सोही पार्टी निकट विद्यार्थी संगठनका सचिव महेश श्रेष्ठलाई प्रहरीले बुधबार मोरङको बेलबारीबाट गिरफ्तार गरेको हो ।

सो पार्टीले बहिष्कार गर्ने निर्णयअनुरुप चुनाव विरोधी गतिविधि गर्दै आएको छ । शान्तिपूर्ण ढङ्गले संसदीय चुनाव बहिष्कारको प्रचार प्रसार गर्दा भएको गिरफ्तारीको विरोध गर्दै अखिल क्रान्तिकारीले नेताद्वयलाई अबिलम्ब रिहाइको माग गरेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...