तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेपाली बजारमा आइतबार (जेठ १०) सुनको मूल्य प्रतितोला दुई हजार ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आइतबार दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १०५ ले घटेको छ । शुक्रबार प्रतितोला पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...