गुण्डुमा एमाले सचिवालय बैठक जारी

cp new add
Nisharg hospital
suchana

नेकपा एमाले सचिवालयको तेस्रो दिनको बैठक सुरू भएको छ । अध्यक्ष केपी ओली निवास गुण्डुमा जारी बैठकमा आज बोल्न बाँकी रहेका ४ सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो कुरा राख्दै छन् ।

एमालेमा बहुमत पदाधिकारीले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको दबाब दिएका छन् । अध्यक्ष ओली सचिवालय बैठकमा उठेका विषयहरू केन्द्रीय कमिटीमा लगेर छलफल गर्नुपर्ने पक्षमा छन् ।

आफू महाधिवेशनबाट निर्वाचित भएर आएकाले कसैले भन्दैमा नछाड्ने अडानमा रहेका ओलीले राजीनामाको माग गर्ने पदाधिकारीको ‘एक-एक’ जवाफसहित आजको बैठकमा आफ्नो कुरा राख्ने उनीनिकट स्रोतको भनाइ छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...