रास्वपा सांसद सृष्टी भट्टराईको गुनासोः म सुन्दर देखिएकै आधारमा आलोचना गरे

cp new add
Nisharg hospital
suchana

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सृष्टी भट्टराईले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै आश्चर्य प्रकट गरेकी छन् । यसलाई उनले पाखण्डीपनको पराकाष्टा समेत भनेकी छन् ।

फेसबुकमा स्टटास लेख्दै भट्टराईले यस्तो टिप्पणी गरेकी हुन् । पछिल्ला दिनहरुमा आएका आलोचनाहरु सुन्दा अनौठो लाग्ने गरेको उनले बताएकी छन् ।

‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा (वहाहरुको स्टेटमेन्ट) आलोचना गरिरहेको छ ! पाखण्डीपनको पराकाष्ठा । अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ?’ उनले भनेकी छन् ।

भट्टराईको यो अभिव्यक्ति कोप्रति लक्षित हो भन्ने खुलेको छैन । उनले आफू पनि प्रश्न गर्ने ठाउँबाट आएर जवाफ दिने ठाउँमा पुगेको उनले बताएकी छन् ।

उनी थप्छिन्, ‘सायद तपाईं पनि आउन सक्नुहोला, त्यसैले आफ्ना भूमिका, विचार र सोचलाई फराकिलो पारेर आउनुहोला ! देशमा पछिल्ला वर्षबाट भईरहेको अवस्थाले नै नयां पुस्ता राजनितीमा आएका हौं । चुप लागेर बस्ने पुस्तामा पर्दैनौ त्यसको मतलब धेरै बोलिराख्नेमा पनि पर्दैनौ ।’

सुनसरीकी सृष्टी रास्वपाबाट समानुपातिक सांसद बनेकी हुन् । जेनजी पुस्ताकी उनी सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रुपमा कार्यरत थिइन् । उनी कोशी प्रदेशमा करिअर काउन्सीलरका रुपमा पनि सक्रिय थिइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...