


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरिएको हो ।
सभापति लामिछाने नेतृत्वको आयोजक समितिमा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, भूपदेव साह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, प्रवक्ता मनिष झा सदस्य छन् । त्यस्तै, बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ, दिपक बोहरा, गणेश पराजुली, सोविता, गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकालसहित सबै केन्द्रीय सदस्य र सातै प्रदेशका सभापतिहरूलाई पनि राखिएको छ ।
आयोजक कमिटीमा वरिष्ठ नेता बालेन्द्र साहको भने नाम छैन । महाधिवेशनमा उनको टिमबाट महामन्त्री भूपदेवले नेतृत्व गर्ने बुझिएको छ ।

