कैलाली र कञ्चनपुरमा एकैदिन लागूऔषधसहित ८ जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले हेरोइन तथा नियन्त्रित लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरबाट ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बैतडीको पाटन नगरपालिका–८ का ३३ वर्षीय इन्द्रबहादुर बिष्ट र कञ्चनपुरको लालझाडी गाउँपालिका–११ का २५ वर्षीय सुशील थापा मगरलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी कैलालीगाउँबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो।

यस्तै, धनगढी उपमहानगरपालिका–३ बाट २९ वटा स्पास (ट्रामाडोल) ट्याब्लेटसहित स्थानीय २३ वर्षीय रितेश थापालाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट विशालनगरको टोलीले जाँचका क्रममा लागूऔषध फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

उता, कैलालीको भजनी नगरपालिका–६ बिसनपुरबाट ६ ग्राम २९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित टीकापुर नगरपालिका–७ का २३ वर्षीय राजविन महतो र एक १८ वर्षीय किशोरलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१० बनपुरुवाबाट २ ग्राम १२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लाका २३ वर्षीय लोकेन्द्र राना, २४ वर्षीय सुरेन्द्र राना र एक १८ वर्षीय किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो। प्रहरीले लागूऔषधसँगै मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...