सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुन्न, संवादबाट समाधान गरौं : रवि लामिछाने

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मंगलबार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् । ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने बताएका छन् ।

‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं । हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन् ।

नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

लेखमा लामिछानेले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिएका छन् ।

उनले रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थ भन्दै पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अविश्वास र असन्तुष्टिको विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन् ।

उनले रामायणको कथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुने, पशुपतिनाथ र केदारनाथ तथा लुम्बिनी र बोधगयाबीचको सम्बन्धले साझा सभ्यताको आधार निर्माण गर्ने उल्लेख गरेका छन् ।

रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव उनले अघि सारेका छन् ।

लामिछानेले भारतको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए नेपाल–भारत व्यापार, पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।

साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

लेखमा उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थानहरू आईआईटीर एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन् ।

त्यस्तै, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य गर्न भारतलाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै लामिछानेले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन् ।

सीमामा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी ९आईसीपी० निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।

पर्यटन क्षेत्रमा जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने धारणा पनि उनले राखेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...