सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलकाे नेताबाट हटाउने निर्णयमा कांग्रेसका क-कसले हस्ताक्षर गरे ?

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलकाे नेताबाट हटाउने निर्णय गर्ने बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेकाे पाइएकाे छ ।

रावलकाे अध्यक्षतामा बैठकले शाहलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे थियो । उक्त बैठकमा ९ जना प्रदेश सभा सदस्यकाे उपस्थिति रहेकाे पाइएकाे छ ।

स्रोतकाअनुसार बैठकमा प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, पदमबहादुर शाही, गिताकुमारी चाैधरी,तुलसी देवकाेटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीकाे सहभागीता थियोे ।

उनीहरूकाे उपस्थितिमा बसेकाे बैठकले संसदीय दलकाे विधान बमोजिम दल नेता फेरबदल गर्न सांसदकाे संख्या पुगेकाले दल उक्त निर्णय लिइएको उल्लेख छ ।

संसदीय दलकाे विधान बमोजिम दिगाे शान्ति तथा सुव्यवस्था सुदृढ गर्न संसदीय शासन प्रणालीअनुरूप विधानकाे धारा १८ काे उपधारा २ बमोजिम पूर्ण सदस्यकाे ५० प्रतिशत गणपुरक संख्या बढि पुग्न गएकोले निर्णय लिइएको भनिएकाे छ ।

हस्ताक्षरकर्ता सांसदले कुनै हस्तक्षेप र दबाब बिना राजीखुसी दस्तखस्त गरेकाे निर्णयमा लेखिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...