पार्टीभित्रै अल्पमतमा परेपछि परामर्शमा जुटे सुदूरपश्चिमका मुख्यमन्त्री

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । नेपाली कांग्रेसका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट हटाउने निर्णय गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परामर्शमा जुटेका छन् ।

शाहले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिररहेका छन् ।

उनलाई दलको नेताबाट हटाउन ९ जना सांसदको बैठकले निर्णय गरेको छ । कांग्रेसमा १८ जना प्रदेश सभा सदस्य छन् । उनीहरू मध्ये प्रकाश देउवा नेपाल बाहिर रहेका छन् ।

९ जनाले मुख्यमन्त्रीको विपक्षमा हस्ताक्षर गरेपछि शाह संसदीय दलमा अल्पमतमा परेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...