
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले कर्णालीमा सडक दुर्घटनाका कारण नागरिकले अकालमा ज्याउन गुमाउनु परिरहेको भन्दै न्यूनीकरण गर्ने योजना ल्याउन सरकालाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही, नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र नेकपा एमालेकी सांसद एसुदा बरालले कर्णालीमा हुने सडक दुर्घटनापछि घाइतेले उद्धार पाउन नसकिरहेको भन्दै ध्यानाकर्षण गराए ।
केही दिनअघि यात्रुवाहक फोर्स गाडी दुर्घटनामा परेका घाइतेले गुहार माग्दा उद्धार पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनीहरूले कर्णालीका सडकको सुधार गर्न र घाइतेको तत्काल उद्धारको व्यवस्था गर्ने वातावरण निर्माण गर्न रुलिङको माग गरे ।

