बाजुरामा बस्तीमै पस्यो बाढी, १३ परिवारको मध्यरातमै उद्धार

cp new add
Nisharg hospital

धनगढी । अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट बाढी बस्तीमा पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति बस्तीमा बाढी पसेपछि प्रहरी टोलीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै प्रभावित परिवारलाई सरसामानसहित सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। हाल उनीहरूलाई नजिकैका सुरक्षित स्थानीय घरहरूमा अस्थायी रूपमा राखिएको छ।

डीएसपी बोहराका अनुसार बाढीका कारण कम्तीमा तीन घर उच्च जोखिममा परेका छन्। प्रभावित क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

यता, निरन्तर वर्षासँगै गएको पहिरोका कारण बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक अवरुद्ध भएको छ। सडक खुलाउने काम सम्बन्धित निकायले जारी राखेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...