नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ,

cp new add
Nisharg hospital

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।

Nast Ad

मन्त्री गुरुङ आज स्याफ्रुवेशी हुँदै रसुवागढी नाकामा पुगेको रसुवामा कार्यरत एक जना प्रहरीले बताए । उनी बा.२ झ ४४६ नम्बरको गाडीमा रसुवा पुगेका हुन् । गुरुङ रसुवा जाँदै गर्दा शनिवार सडक दुर्घटना भएको थियो । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–५ स्थित पासाङ ल्हामु सडक खण्डमा स्याफ्रुबेसीबाट धुन्चेतर्फ आउँदै गरेको अनटेष्ट गाडी दुर्घटना भएको हो ।

चिलिमे हाइड्रोपावरको पावर हाउस नजिकै त्रिशूली खोलामा गाडी दुर्घटना भएको ठाउँमा मन्त्री गुरुङ पनि खोजी र उद्धारमा खटिएका थिए । भन्सार पास भएर आएको एसआरएम कम्पनीको गाडीका चालक रसुवाको कालिका गाउँपालिका घर भएका २२ वर्षीय सबिन तामाङ सम्पर्क विहीन छन् । नदीमा खसेको गाडी पनि नभेटिएको र खोजी कार्य भइरहेको रसुवाका डीएसपी अशोक थापाले रातोपाटीलाई जानकारी दिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...