किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिलले निकाल्यो विज्ञप्ति

cp new add
Nisharg hospital

काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीका सन्दर्भमा सञ्चारजगतको नियमनकारी निकाय प्रेस काउन्सिलले एक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा पत्रकारको पक्राउबारे काउन्सिलको स्पष्ट धारणा आएको छैन ।

Nast Ad

काउन्सिलले सञ्चार माध्यमको कार्यालयमा भएको प्रहरी हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । तर, विज्ञप्तिमा पक्राउको विरोध गरिएको छैन, बरु घुमाउरो भाषामा सरकारको कदमको पक्षपोषण गरिएको छ ।

‘श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पकाउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने काउन्सिलले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार र सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेशागत मर्यादा एवं आचरणप्रति उत्तिकै चिन्तित छ । प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार र सञ्चारकर्मी सचेत हुनैपर्छ । सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सजगता अपनाउनैपर्छ ।’

काउन्सिलले कुनै पनि सञ्चार माध्यममा प्रकाशित वा प्रसारित समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थलो प्रेस काउन्सिल नै भएको स्मरण गराएको छ ।

‘कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछौँ,’ प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...