धनगढी विमानस्थलमा साँझतिर छुट्टै तमासा, एटिसी कर्मचारी र प्रहरीबीच चर्काचकी

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुुनिल लम्साल भाइरल ज्वरोको संक्रमण र रुघाखोकी लागेपछि आइतबार नेपाली सेनाको हेलीकप्टर र स्काई ट्रक हुँदै काठमाडौँ उडे ।

Nast Ad

बैतडीको गोठालापानी पुगेपछि बिरामी भएका मन्त्री लम्सालल स्वास्थ्य समस्या देखिएपछि केही समय होटलमै आराप गरेका थिए । त, निको नहुने देखिएपछि सुर्खेतबाट नेपाली सेनाको हेलीकोप्टर उनलाई लिन बैतडी पुग्यो ।

बैतडीबाट हेलीकप्टर उड्ने तयारी भइरहेका बेलासम्म त्यहाँका सुरक्षा निकायलाई मन्त्रीलाई कहाँ लगिदैछ भन्ने कुरा थाहै थिएन । कसैले काठमाडौँ भन्थे त कसैले नेपालगञ्ज लैजाने बताइरहेका थिए ।

तर, मन्त्री लम्साललाई बोकेर हेलीकोप्टर उड्ने बेला मात्रै धनगढीतर्फ लगिएको जानकारी सुरक्षा निकायलाई दिइएको थियो । हेलीकोप्टर धनगढीको आकाशमा पुग्ने बेलासम्म धनगढी विमानस्थल कार्यालयका प्रमुख बालकुमार सिंह, सुरक्षा प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र बम लगायतका मन्त्रीलाई धनगढी ल्याइएको बारे बेखर थिए ।

मन्त्री लम्साललाई धनगढी ल्याइरहेको सूचनापछि फिल्ड अस्पताल बोराडाँडीबाट नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली एम्बुलेन्ससहित विमानस्थल पुगेको थियो । एम्बुलेन्सलाई धावनमार्गतर्फ लैजान खोज्दा गेटमा चाबी लागेको थियो । त्यो गेटमा प्रहरीको डिउटी हुनेभएपनि त्यो बेला भने डिउटी समेत थिएनन् ।

नेपाली सेनाको खोजीपछि मात्र विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले मन्त्रीको आगनबारे जानकारी पाएको थियो । मन्त्री लम्साल विमानस्थलमा अवतरण गरेपछि सेनाकै स्वास्थ्यकर्मीको टोलीले केहीबेर उनको स्वास्थ्य परीक्षण समेत गरेको थियो ।

मन्त्री धनगढी आउने सूचना अभावकै कारण कैलालीका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुख समेत त्यसबारे अनविज्ञ थिए भने मन्त्री धनगढी अवतरण गरेपछि मात्र उनीहरुलाई रिर्पोटिङ गरिएको थियो । मन्त्री ल्यान्ड भइसकेको र स्काई ट्रक उड्ने तयारीमा रहेका कारण उनीहरु पनि विमानस्थलसम्म पुुग्न नपाएको स्रोत बताउँछ ।

नेपाली सेनाको स्काई ट्रक मन्त्रीलाई लिएर काठमाडौँ उडेपछि भने धनगढी विमानस्थलमा केहीबेर छुट्टै दृष्य देखिएको थियो । मन्त्री धनगढी आइरहेको सूचना संकलनमा चुुकेका विमानस्थल प्रमुख र सुरक्षा प्रमुख एयर ट्राफिक कन्ट्रोलर(एटीसी) सँग झोक्किएका थिए ।

मन्त्रीलाई धनगढी ल्याइरहेको जानकारी प्रशासन र सुरक्षालाई किन नदिएको भन्दै उनीहरुले प्रश्न गरेपछि विमानस्थल परिसरमा वादविवाद भएको थियो भने तीनै पक्षबीच चर्काचर्की नै परेको थियो ।

विमानस्थलका एटिसी कर्मचारीले भने उनीहरुलाई उडानबारे आफैले चासो राख्नुपर्ने र एटिसीले जानकारी दिइरहनुपर्ने कुनै कारण नभएको बताइरहेका थिए भने सुरक्षा प्रमुख बमले सबैको उद्देश्य एउटै भएकोले समन्वय गर्नु राम्रो हुने भन्दै सम्झाइरहेका थिए ।

विमानस्थलकी एटिसी प्रमुख विद्या शाह अनावश्यक कुरा नगर्न भन्दै झोक्किएपछि विवाद थप चर्किएको थियो । उनले प्रहरी कर्मचारीसँग बढि आक्रोश पोखिरहेको देखिन्ग्थ्यो । विद्या आक्रोशित भएका बेला विमानस्थल प्रमुख बालकुमार सिंह भने त्यहाँबाट निस्किसकेका थिए ।

आइतबार साँझ हवाई उडान सकिएपछि विमानस्थल प्रमुख सिंह र सुरक्षा प्रमुख बम त्यहाँबाट निस्किसकेका थिए । तर, नेपालगञ्ज जाने भनिएको मन्त्री लम्सालको सवारी धनगढी भएपछि अचानक उनीहरु फर्किनुपर्ने अवस्था बनेको थियो । समयै सूचना नदिएकोमा उनीहरुले एटिसीका कर्मचारीसँग आक्रोश पोखेका थिए ।

 

 

Navjeen New Ad
Loading...