हवाई फायरपछि २ जना पक्राउ, १३ किलो अफिमसहित चरेस बरामद

cp new add
Nisharg hospital

बाँके । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।

Nast Ad

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका १ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर ६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी छन्। उनीहरूबाट लागु औषधसहित एक थान डिजिटल तराजु, नगद रु पाँच हजार र २ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउण्ड हवाइफायरसमेत गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...