उच्च अदालतका मुख्य न्यायाधीश सवार गाडी दुर्घटना

cp new add
Nisharg hospital

हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा प्रदेश ३ ०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी आज बिहान दुर्घटना भएको हो । दुर्घटनाग्रस्त गाडी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीको रहेको खुलेको छ ।

Nast Ad

ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख इन्सपेक्टर रमेश विष्टका अनुसार सो गाडीमा मुख्यन्यायाधीश डाँगी र चालकसहित ६ जना सवार थिए ।

दुर्घटनाको जानकारी पाए लगत्तै भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थलतर्फ गएको  हो ।

जिपमा ६ जना सवार रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...