कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक र एक किशोर पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–१ स्थित बनाना होटलबाट जानकी गाउँपालिका–६ का ३१ वर्षीय प्रेमबहादुर चौधरीलाई प्रहरीले १ ग्राम १५० मिलिग्राम पदार्थसहित शनिबार राति पक्राउ गरेको हो।

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौला चेकपोस्टबाट ६८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित टीकापुर–१ का १८ वर्षीय किशोरलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...