
धनगढी । विपत्तिको यस दुःखद घडीमा सुदूरपश्चिम प्रदेश युवा सञ्जालले राहत कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ।
सञ्जालले नेपाल सरकारले उपलब्ध गराएको क्यूआरमार्फत भदौ १४ गते२० हजार रुपैयाँ राहत कोषमा जम्मा गरेको हो। विपद्का कारण प्रभावित नागरिकको सहयोग तथा राहतका लागि आफ्नो तर्फबाट सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सञ्जालले जनाएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश युवा सञ्जालका अध्यक्ष तथा विद्यार्थी युवा युवराज जोशीले आफ्नो खाजा खर्चबाट १ हजार रुपैयाँ व्यक्तिगत रूपमा थप गरेपछि कुल २१ हजार रुपैयाँ राहत कोषमा सहयोग गरिएको जनाइएको छ।
प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सञ्जालले सहयोग गरेको हो। संकटको समयमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै सञ्जालले विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि थप हातेमालो गर्न सम्पूर्णमा अपिलसमेत गरेको छ।



