भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ११ बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २९ र नवलपरासी पश्चिममा २ सय २२ जना रहेको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय ७९ गरी कुल ३ हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

पहिचान हुन नसकेका १ हजार ३ सय ३४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय ११ जनालाई राखिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...