बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

cp new add
Nisharg hospital

कपिलवस्तु । बाणगंगा नदीमा आएको बाढीमा फसेका ११ महिला र एक पुरुषसहित १२ जनाको सकुशल उद्धार भएको छ। कपिलवस्तु नगरपालिका–६, बर्मेलीस्थित बाणगंगा नदीमा बाढी आएपछि उनीहरू नदीमा फसेका थिए। सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले शनिबार राति उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका गोपाल अधिकारीले जानकारी दिए। उद्धार गरिएकामा ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मिना वयम्बु र ४५ वर्षीया बेलमति सुनार,  ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन्।

बाढीका कारण नदीको बहाव बढेपछि उनीहरू जोखिममा परेका थिए। सशस्त्र प्रहरीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याएपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...