हनुमानढोकामा ठड्याइयो यःसी, काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू

cp new add
Nisharg hospital

काठमाण्डौँ । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरू भएको छ। हनुमानढोकामा स्थानीय भाषामा यःसी भनिने लिङ्गो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। हनुमानढोकाअगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ।

यसपालि असोज ९ गते इन्द्रजात्राको मुख्य दिन हो। उक्त दिन राष्ट्र प्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...