


नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौली बस्ने ६५ वर्षीया रब्बुल देवानको करेन्ट लागेर मृत्यु भएको हो ।



आफ्नै घरको धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो ।





घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।






