हवल्दारका छोरा कहाँ हराए ? प्रहरीको गोप्य टोलीले खोजी गर्दै

cp new add
Nisharg hospital
Dhangadhi

जनकपुरधाम । छठ पर्व मनाउन राजधानीबाट रौतहटको गौर नगरपालिका–३ मचकुठियास्थित घर फर्किएका नेपाल प्रहरीका हवल्दार सुरेश यादवका १८ वर्षीय छोरा चन्दनकुमार ३ दिनदेखि हराइरहेका छन् । गत मंसिर ३ गते बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नगराई निस्किएका चन्दन त्यसयता सम्पर्कविहीन छन् ।

आफन्त तथा चिनजानका व्यक्तिहरूकहाँ खोजी गर्दा पनि फेला नपरेपछि उनका बुवा सुरेशले मंसिर ४ गते राति जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा जानकारी गराएका थिए । तर उताबाट अर्का हवल्दारले ञजय नेपालझ नभनेको निहुँमा उल्टै गालीगलौज गरे । अहिले दुवै हवल्दारलाई छानविनमा तानिएको छ ।

यसैबीच, आइतबार बिहान चन्दनका भाइले प्रयोग गर्ने मोबाइल नम्बरबाट घरका सदस्यलाई एउटा म्यासेज आएको छ । म्यासेजमा ‘आफू सुरक्षित रहेको र खोजतलास नगर्न’ लेखिएको थियो । उक्त म्यासेज चन्दनले पठाएका हुन् वा अरू कसैले भन्ने यकिन हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी लक्ष्मणबहादुर शाहीले चन्दनको खोजीका लागि गोप्य टोली परिचालन गरिएको बताए ।

‘म्यासेज आएको छ, तर उनी आफैंले पठाएको पुष्टि भएको छैन । त्यसैले खोजतलास जारी राखेका छौँ,’ डीएसपी शाहीले नेपाल प्रेससँग भने ।

प्रहरीका अनुसार चन्दनको वर्ण गहुँगोरो, उचाइ करिब पाँच फिट छ । घरबाट निस्किँदा उनले खैरो रङको पाइन्ट र रातो रङको सर्ट लगाएका थिए ।

चन्दन एसईई उत्तीर्ण गरेपछि थप अध्ययनका लागि राजधानीमा बस्दै आएका थिए । उनका बुवा सुरेश नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया इलाका प्रहरी कार्यालयमा खटिएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...