सुदूरपश्चिमका ठेकेदार साउँदलाई कारबाही गर्ने विप्लवको चेतावनी

cp new add
Nisharg hospital

२५ साउन, धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजेन्द्र निर्माण सेवा डडेल्धुराका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै साउँदले ठेक्का पाएको महाकाली नदीको पक्की तटबन्धनको काम समयमै नसकेकाले कारवाही गर्ने चेतावनी दिएको हो ।

दार्चुलाको महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ मा पर्ने श्रीबगर तपोवनमा निर्माणाधिन पक्की तटबन्धको काममा ढिलासुस्ती गरेर समयमै निर्माण नसकेको विप्लवले आरोप लगाएको छ ।

कारवाहीको पहिलो चरण अन्तरगत गल्फैमा रहेको आयोजना कार्यालयको मुल ढोकामा ताला लगाएको छ भने करीब आधा घण्टा तालाबन्दी गरिएको छ । उक्त ताला
प्रहरीले तोडेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...