


धनगढी । कैलालीमा लागूऔषध ब्राउनसुगर र गाँजासहित दुई युवक पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका–६ बाट ७३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ र १३ ग्राम गाँजासहित २४ वर्षीय भुवन तिमिल्सिना पक्राउ परेका छन् । जानकी गाउँपालिका–८ का उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।






यसैगरी, भजनी नगरपालिका–५ बक्तुरीघाटबाट १८ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित २० वर्षीय सरोज चौधरी पक्राउ परेका छन् ।

कैलालीको कैलारी गाउँपालिका–४ हसुलियाका चौधरीलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागेर जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनामा पक्राउ परेका युवक र बरामद पदार्थबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






