सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई के भएको हो ?

Nisharg hospital

२६ साउन, धनगढी । स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डिस्चार्ज गरिएको छ ।

बुधबार स्वास्थ्यमा समस्या देखिएको भन्दै एक्कासी अस्पताल भर्ना भएका थिए तर बिहीबार बिहान भने अस्पतालबाट उनी डिस्चार्ज भएका छन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठकाअनुसार मुख्यमन्त्री भट्टलाई ज्वरो बाहेक अन्य समस्या देखिएको छैन । धेरैले उनलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिरहेका बेला सूचना अधिकारी श्रेष्ठले भने संक्रमण नदेखिएको जानकारी दिए ।

मुख्यमन्त्री भट्टलाई चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...