भारतीय अभिनेता सतीश कौशिकको निधन

Nisharg hospital

२५ फागुन, काठमाडौं । भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन् ।

Dhangadhi suchana

दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई ह्दयघात भएको थियो । ह्दयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे। कौशिकले अभियन गरेका मिस्टर इन्डिया, दिवाना मस्ताना चर्चित फिल्म हुन् ।

रूप के रानी चोरोंका राजा फिल्मबाट निर्देशनमा आएका कौशिकले हम आपके दिलमे रहेते है, तेरे नामजस्ता चर्चित फिल्म निर्देशन गरेका थिए । कौशिका पत्नी र एक छोरी छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...