

१ चैत, परशुराम । परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजित अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका प्रथम भएको छ ।
बैतडी फुटबल संघलाई ३–१ को सेटमा पराजित गर्दै शुक्लाफाँटा प्रथम भएको हो। योसँगै शुक्लाफाँटाले अध्यक्ष कपको उपाधी हासिल गरेको छ ।
फुटबल प्रतियोगितामा बैतडी फुटबल संघ द्धतिय र सीवाईसी अत्तरिया तृतिय भएको छ । प्रथम भएको शुक्लाफाँटाले ५० हजार १ सय ११ रुपैयाँ, द्धतिय बैतडीले २५ हजार १ सय ११ रुपैयाँ, तृतिय सीवाईसीले १३ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफि र प्रमाणपत्र पाउनेछ ।

