त्रिविका पदाधिकारीले राजीनामा दिने

cp new add
Nisharg hospital
suchana

त्रिभुवन विश्वविद्यालय का पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन्। सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश रामचन्द्र पौडेल समक्ष सिफारिस गरेपछि यस्तो तयारी भएको हो।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल राजीनामा दिने तयारीमा रहेका छन्। स्रोतका अनुसार बिहीबार बिहान बसेको पदाधिकारी बैठकले यसबारे छलफल गरेको थियो।

“नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले मार्गप्रशस्त गर्न लागिएको हो,” त्रिविका एक अधिकारीले बताए, “राजीनामा दिने तयारी भइरहेको छ।” पदाधिकारीहरूले विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा नियुक्त भएका थिए। प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याल २०८२ असार २५ मा उपकुलपति नियुक्त भएका हुन्।

यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको समयमा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति बरालको सिफारिसमा उनीहरूलाई २०८० चैत ३० मा नियुक्त गरिएको थियो। त्रिवि पदाधिकारीको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।

यसैबीच, राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई मार्गप्रशस्त गर्नुपर्ने माग उठ्दै आएको थियो। सरकारले सोही विषयमा अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि त्रिवि पदाधिकारी राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

सरकारले सिफारिस गरेको अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेल ले अध्ययन गरिरहेका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...