ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

cp new add
Nisharg hospital

२६ चैत, जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका(७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...