सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली पहिलो स्थानमा

Nisharg hospital

११ बैशाख, धनगढी । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले पहिलो स्थान हासिल गरेको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका विभिन्न जिल्लामा आयोजना गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै कैलाली पहिलो भएको हो ।

Dhangadhi suchana

कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको छ । यस्तै प्रतियोगितामा कञ्चनपुर दोस्रो भएको छ । कञ्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पारेको छ । डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको छ ।

बाजुरा ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो भएको छ भने २ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौ स्थान हासिल गरेको छ ।

बैतडीले १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक हात जित्दै छैटौ स्थान प्राप्त गरेको छ । अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक हात पार्दै सातौँ स्थान हासिल गरेको छ ।
बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक जित्दै आठौँ स्थानमा रहेको छ भने डोटीले ७ कास्य पदक जित्दै नबौँ स्थान हासिल गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...