दार्चुलामा बँदेलको आक्रमण : २ सशस्त्र प्रहरी र ३ स्थानीय घाइते

cp new add
Nisharg hospital
suchana

१३ बैशाख, दार्चुला । दार्चुलामा बँदेलको आक्रमणबाट दुई जना सशस्त्र प्रहरीसहित पाँच जना भाइते भएका छन् ।

मालिकार्जुन गाउँपालिका ६ को उकुमा सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका सिंहले बताए ।

घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। बँदेललाई मारिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...