

२१ असार, धनगढी । कञ्चनपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैयामा बा ०१००२५ च ३६३४ नम्बरको जीपको ठक्करबाट साईकल यात्री कृष्णपुर नगरपालिका–१ का ५९ वर्षीय अमर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

