राष्ट्रिय युवा संघ सुदूरपश्चिमका संयोजक शाहद्वारा औषधी र स्वास्थ्य सामाग्री हस्तान्तरण

Nisharg hospital

९ भदौ, धनगढी । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले वडा कार्यालयलाई औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ को कार्यालयलाई युवा संघ नेपालको प्रदेश कमिटिले औषधीसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

Navjiwan hospital adv

युवा संघका सुदूरपश्चिम प्रदेश कमिटि संयोजक विनय शाह नेतृत्वको टोलीले बैतडी नै पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । ती सामाग्री युवा संघका संयोजक शाहले वडा कार्यालयलाई प्रदान गरेका हुन् ।

वडाध्यक्ष सुर्यबहादुर बोहराकाअनुसार युवा संघले दुई वटा स्टेचर, एउटा तौल नाप्ने मेसिन, पाँच हजार ट्याब्लेट सिटामोल, दुई हजार ट्याब्लेट मेट्रो, ४०० मास्क लगायतका सामाग्री प्रदान गरेको हो ।

युवा संघले हस्तान्तरण गरेका औषधी र स्वास्थ्य सामाग्री वडा कार्यालयले देहिमाण्डौँ स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...