press
po

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, आवेदन खुला

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ।

sanjiwan
Nisharg

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

HAMRO DAIRY
Nav

पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ।

जसअन्तर्गत क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा। तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लब मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...